कार्तिक १५, २०८३ आइतबार November 1, 2026

एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत

कुशल भुर्तेल नेतृत्वको पोखरा एभेन्जर्स पहिलो निकाल्ने योजनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई १ सय ४८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनायो । उसका लागि ओपनिङ ब्याटर तृतराज दासले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ७ चौका र २ छक्कासहित ६१ रनको पारी खेलेका हुन् ।

जारी एनपिएलमा तृतराजको यो पहिलो अर्ध शतक हो । यस्तै, मोइन अलीले १६ बलमा ३ चौका र १ छक्कासहित २१ रनको योगदान दिए । जिमी नीशम ११ रनमा आउट भए । अविजित रहेका अभिषेक तिवारीले १० बलमा २ छक्का र १ चौकासहित २४ रनको उत्कृष्ट पारी खेले । पोखरा एभेन्जर्सका लागि बलिङतर्फ  शाकिब अल हसनले चार ओभरमा १५ रन दिए सर्वाधिक ३ विकेट लिए । यस्तै, चमिका करुणारत्नेले २, मेहदी हसन र मोहम्मद सैफउद्दिनले समान १–१ विकेट लिए ।

जारी संस्करणमा जनकपुर दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा हार व्यहोर्दा दोस्रो खेलमा जित निकालेको थियो । कुशल भुर्तेल नेतृत्वको पोखरा पहिलो निकाल्ने योजनामा छ । उसले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग हार व्यहोरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार
देशभर ४३ विपद्का घटना, १३ जना घाइते
२०८३ कार्तिक १५, आइतबार
कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट
२०८३ कार्तिक १५, आइतबार
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
२०८३ कार्तिक १५, आइतबार
इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प
२०८३ कार्तिक १५, आइतबार