काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय आउने’ भन्दै सामाजिक सञ्जालमार्फत चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले आफूले कसैलाई लक्षित गरेको स्पष्ट नगरी ‘एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भनेका छन्।
प्रधानमन्त्रीको यो अभिव्यक्ति सर्वोच्च अदालतका न्यायाधीश र बिचौलियाबीचको संवाद सार्वजनिक भएको तथा त्यसपछि न्यायालय सुधारको विषयमा राजनीतिक बहस भइरहेका बेला आएको हो।
यसअघि शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले न्यायालयमा देखिएका विकृति अन्त्यका लागि संसदबाट निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको थियो।
त्यस्तै, पत्रकार पक्राउ प्रकरणमा गैरजिम्मेवार आदेश दिने व्यक्तिको पहिचान गरी छानबिन र कारबाही गर्न सरकारलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको थियो।
विवादित न्यायाधीशमाथि महाभियोगको विषयमा राजनीतिक तथा कानुनी परामर्श भइरहेका बेला प्रधानमन्त्रीसमेत रहेका रास्वपा संसदीय दलका नेता शाहको उक्त अभिव्यक्ति सार्वजनिक भएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया