कार्तिक १४, २०८३ शनिबार October 31, 2026

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

माथिल्लो डोल्पामा कात्तिक १२ गतेदेखि सबै पदयात्रीलाई जान रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । माथिल्लो कर्णालीमा पर्ने हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भाग हिमपात भएको हो ।

डोल्पाको शे फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात हुनुका साथै हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाको पातारासी, तातोपानी, कनकासुन्दरी गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिका हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले तल्लो डोल्पामा वर्षा र माथिल्लो डोल्पामा पर्ने शे-फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात भइरहेको बताउनुभयो । उहाँका अनुसार माथिल्लो डोल्पामा कात्तिक १२ गतेदेखि सबै पदयात्रीलाई जान रोक लगाइएको र गएकाहरू सबैको अवस्थाबारे सूचना लिने काम भइरहेको छ ।

विपद् जोखिम आकलन गरी त्यसबाट सम्भावित क्षति हुन नदिन कमाण्ड पोष्टको बैठक बसेर जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास कार्यालय, स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलगायत सबै सरोकार भएका निकायसँग समन्वय गरेर उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले शुक्रबार बेलुका ५ः०० बजेदेखि मध्यम खालको वर्षा निरन्तर भइरहँदा पहिरो जाने खतरा रहेकाले आजलाई सवारी आवागमन रोक्न प्रहरी खटाइएको बताउनुभयो । मुगुमा टेलिफोनको नेटवर्क र प्रहरी सञ्चार राम्रोसँग नलागेको बताउँदै उहाँले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर केही जोखिमपूर्ण घटना घटे समाधान र उद्धारका लागि सरोकार भएका निकायलाई तयारी अवस्थामा रहन समन्वय गरिएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले हिमपातले नाम्खा गाउँपालिको हिल्सा, लिमी, लाप्चाको बाटो बन्द भएको जानकारी दिनुभयो । जोखिम क्षेत्रका बासिन्दालाई यो वर्षा र हिमपातको तीन दिनमा सुरक्षित स्थानमा व्यवस्थापन गरिएको बताउँदै उहाँले कमाण्ड पोष्टको बैठकबाट सुरक्षा निकाय, रेडक्रस, स्वास्थ्य, खानेपानी र स्थानीय तहलगायत सरोकार भएका निकाय खोज तथा उद्धारका लागि तयारी रहने निर्णय गरिएको जनाउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिविमा जनशक्ति विकास कार्यक्रम सञ्चालन
२०८३ कार्तिक १४, शनिबार
कराँते तथा मुआथाई जिल्ला स्तरीय प्रतियोगिता लेखनाथमा सुरु
२०८३ कार्तिक १४, शनिबार
तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसीप नेपालगन्जमा सुरु
२०८३ कार्तिक १४, शनिबार
समुन्नत प्रदेश निर्माणका लागि लगानी गर्न मुख्यमन्त्री भट्टको आह्वान
२०८३ कार्तिक १४, शनिबार
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति बैठक स्थगित
२०८३ कार्तिक १४, शनिबार
शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व संकलन
२०८३ कार्तिक १४, शनिबार
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
२०८३ कार्तिक १४, शनिबार