कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

परराष्ट्रमन्त्री खनाल र डब्लुएफपीका नेपाल निर्देशक लोधीबीच भेटवार्ता

नेपाल र डब्लुएफपीबीच सहकार्य सुदृढ गर्ने विषयमा परराष्ट्रमन्त्री र प्रतिनिधिबीच छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का नेपाल प्रतिनिधि तथा राष्ट्रिय निर्देशक रियाज लोधीबीच भेटवार्ता भएको छ ।

No photo description available.परराष्ट्र मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा नेपाल र विश्व खाद्य कार्यक्रमबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो ।

भेटका क्रममा नेपालमा खाद्य सुरक्षा, पोषण तथा मानवीय सहायता लगायतका क्षेत्रमा डब्लुएफपीले गर्दै आएको सहयोग र आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको जनाइएको छ ।

नेपालले खाद्य सुरक्षा तथा पोषणका क्षेत्रमा सामना गरिरहेका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय साझेदार संस्थासँगको सहकार्य महत्त्वपूर्ण रहँदै आएको छ । डब्लुएफपीले नेपालमा खाद्य सुरक्षा, विपद् प्रतिकार्य तथा जोखिममा रहेका समुदायको सहयोगका क्षेत्रमा काम गर्दै आएको छ ।

भेटमा दुई पक्षबीच आपसी सहकार्य र साझेदारीलाई अझ मजबुत बनाउने विषयमा सकारात्मक छलफल भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र डब्लुएफपीका नेपाल निर्देशक लोधीबीच भेटवार्ता
२०८३ कार्तिक १३, शुक्रबार
एन-प्याब्सनलाई गृह मन्त्रालयले गर्यो निलम्बन, गतिविधि गरे कारबाहीको चेतावनी
२०८३ कार्तिक १३, शुक्रबार
नेप्से राताम्मे, ३४८ कम्पनीको ८ अर्ब ८९ करोडको शेयर कारोबार
२०८३ कार्तिक १३, शुक्रबार
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
२०८३ कार्तिक १३, शुक्रबार
हजार गोलको लक्ष्यमा रोनाल्डोको अर्को फड्को, अल खोलुदविरुद्ध गरे ह्याट्रिक
२०८३ कार्तिक १३, शुक्रबार
मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै
२०८३ कार्तिक १३, शुक्रबार
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
२०८३ कार्तिक १३, शुक्रबार