कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

हिमाल नेपालको मात्र नभई विश्वकै सम्पत्ति हो : मन्त्री पौडेल

हिमाल नेपालको राष्ट्रिय गौरव, संस्कृति र सभ्यतासँग जोडिएको विषय भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले हिमाल नेपालको मात्र नभई विश्वकै साझा सम्पत्ति भएको बताएका छन्।

बिहीबार आयोजित नेपाल पर्वतारोहण संघकै आथित्यतामा विहीबार काठमाडौंमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण महासंघ (यूआईएए)२०२६ को महासभामा आफ्‌नो धारणा राख्दै उनले हिमाल नेपालको राष्ट्रिय गौरव, संस्कृति र सभ्यतासँग जोडिएको विषय भएको बताए।

उनले भने, ‘नेपालका लागि हिमाल भनेको माटो र ढुङ्गाको थुप्रो मात्र होइन। यो हामीहरूको लागि राष्ट्रिय गौरवको विषय हो। यसलाई पर्वत सभ्यता भन्छौँ। हामी हिमालको पूजा गर्छौँ। यहाँसम्म कि किसानहरूले पनि बाली काट्दा वा बाली लगाउँदा आफ्नो अनुहार हिमालतर्फ फर्काएर राम्रो उब्जनीका लागि प्रार्थना गर्छन्। त्यसैले यो हामीहरूको लागि एक प्रकारको संस्कृति पनि हो।’

उनले विश्वभरका अल्पाइन क्षेत्रमा बसोबास गर्ने मानिसहरूको संस्कृति, पहिरन, सङ्गीत, नृत्य र भाषामा समेत समानता पाइने उल्लेख गरे। ‘त्यसैले विश्वभर अल्पाइन क्षेत्रमा बसोबास गर्ने मानिसहरू कुनै न कुनै रूपमा उस्तै छन्,’ उनले भने।

मन्त्री पौडेलले नेपालले पछिल्लो समय बाढीजन्य विपद्का कठिन परिस्थिति सामना गर्नुपरेको उल्लेख गर्दै हिमाली क्षेत्रको संरक्षण र जलवायु उत्थानशील गतिविधिमा जोड दिनुपर्ने बताए।

उनले भने, ‘नेपालले भर्खरै धेरै कठिन समय पार गरेको छ, जस्तै कोशी फ्ल्यास बाढी र त्यसपछि गोरखामा पनि यस्तै किसिमको भयानक बाढी आएको थियो। त्यसैले यो समय हामीले दिगो र जलवायु उत्थानशील पर्वतीय गतिविधिहरूबारे छलफल गर्ने समय हो र यो हिमाल जोगाउनका लागि हात मिलाउन र समान आवाज उठाउन विश्वलाई आह्वान गर्ने समय हो।’

हिमाल दक्षिण एसियाका अर्बौं मानिसका लागि पानीको स्रोत भएको उल्लेख गर्दै उनले यसको संरक्षण विश्वव्यापी सरोकारको विषय भएको बताए।

उनले भने, ‘नेपालमा प्राप्त गरेको हिमाल दक्षिण एसियामा बस्ने अर्बौं मानिसका लागि पानीको स्रोत हो र यो विश्वका तटीय क्षेत्रहरूमा बस्ने मानिसहरूका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ।’

मन्त्री पौडेलले हिमालको संरक्षणका लागि विश्व समुदायलाई साझा प्रयास गर्न आग्रह गरे। हिमाललाई माया गर्ने पर्वतारोही तथा हिमाली क्षेत्रमा पदयात्रा गर्ने पर्यटकलाई नेपालको परिवारकै सदस्यका रूपमा लिने उनको भनाइ थियो।

उनले भने, ‘यो केवल हाम्रो मात्र सम्पत्ति होइन, यो विश्वव्यापी सम्पत्ति हो। हाम्रो हिमाल, हिमालय वास्तवमा विश्वव्यापी सम्पत्ति पनि हो।’

हिमालको संरक्षणका विषयलाई विश्वमाझ उठाउन आग्रह गर्दै उनले भावी पुस्ताका लागि समेत हिमाल सुरक्षित राख्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा रहेका आठ हजार मिटरभन्दा माथिका थप ६ वटा चुचुराहरूको अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्नेमा जोड दिए।

नेपाल सरकारद्वारा पर्वतारोहणका लागि खुला गरिएका थप ६ वटा चुचुराहरूले अन्तर्राष्ट्रिय पर्वतारोहण समितिद्वारा छुट्टै आठ हजार मिटरका चुचुराहरूको रूपमा मान्यता दिलाउनुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण महासंघ (यूआईएए)अध्यक्ष, ब्ल्याक याकका प्रतिनिधिलगायतले आफ्‌नो धारणा राखेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
२०८३ कार्तिक १३, शुक्रबार
काठमाडौंका यी स्थानमा आज साढे पाँच घण्टा लोडसेडिङ्ग
२०८३ कार्तिक १३, शुक्रबार
ब्राजिलमा लुलाको पुनरागमन, चुनावी नतिजालाई लिएर ट्रम्पको आलोचना
२०८३ कार्तिक १३, शुक्रबार
Nepal comes up with four proposals for dealing with mountain crises, 53 nations back them
२०८३ कार्तिक १३, शुक्रबार
काठमाडौं उपत्यकामा मासु पसल र बधशालाको मापदण्ड लागू गर्न कार्यदल परिचालन
२०८३ कार्तिक १३, शुक्रबार
नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
२०८३ कार्तिक १३, शुक्रबार
सुनको मूल्यमा ठूलो गिरावट, चाँदी पनि तोलामा १०५ रुपैयाँले सस्तियो
२०८३ कार्तिक १३, शुक्रबार