कार्तिक ११, २०८३ बुधबार October 28, 2026

नेपाली सेनाको सैनिक हवाई सेवाले पूरा गर्‍यो दुई लाख उडान घण्टा

दुई लाख उडान घण्टा पूरा गरेको सैनिक हवाई सेवाको शिलालेख प्रधानसेनापतिद्वारा अनावरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली सेनाको सैनिक हवाई सेवाले दुई लाखभन्दा बढी उडान घण्टा पूरा गरेको छ । उक्त उपलब्धिको अवसरमा बुधबार काठमाडौँस्थित गौचर ब्यारेकमा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले निर्माण गरिएको शिलालेख अनावरण गरेका छन् ।

सोही अवसरमा प्रधानसेनापति सिग्देलले ‘सैनिक हवाई सेवा विगतदेखि वर्तमानसम्म’ नामक पुस्तकसमेत विमोचन गरेका छन् । नेपाली सेनाको जङ्गी अड्डाका अनुसार सैनिक हवाई सेवा विसं २०२२ सालमा स्थापना भएको हो ।

स्थापनाकालदेखि सैनिक हवाई सेवाले विभिन्न परिस्थितिमा हवाई साधनमार्फत सेवा प्रदान गर्दै आएको छ । विशेषगरी विपद् व्यवस्थापन, खोज तथा उद्धार र कठिन भौगोलिक परिस्थितिमा आवश्यक सेवा पुर्‍याउन यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाली सेनाले जनाएको छ ।

दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउने, विपद्का बेला उद्धार कार्यमा सहयोग गर्ने तथा आपत्कालीन अवस्थामा हवाई सेवा उपलब्ध गराउने काममा सैनिक हवाई सेवा परिचालित हुँदै आएको छ । दुई लाखभन्दा बढी उडान घण्टा पूरा हुनु यस सेवाको दीर्घकालीन सञ्चालन र अनुभवसँग जोडिएको उपलब्धिका रूपमा रहेको छ ।

कार्यक्रममा नेपाली सेनाका बलाधिकृत, रथीहरू, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी तथा सैनिक हवाई सेवामा कार्यरत र अवकाशप्राप्त रथी एवं अधिकृतहरूको उपस्थिति थियो ।

दुई लाखभन्दा बढी उडान घण्टा पूरा गरेको अवसरमा आयोजित कार्यक्रमले सैनिक हवाई सेवाको इतिहास, योगदान र संस्थागत यात्रालाई स्मरण गर्नुका साथै यस क्षेत्रमा कार्यरत तथा अवकाशप्राप्त जनशक्तिको योगदानलाई समेत उजागर गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार