कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

उच्च पहाडी र हिमाली क्षेत्रका निषेधित स्थानमा पदयात्रामा जाने अनुमतिपत्र जारी नगरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ ।

विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज एक सूचना जारी गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको चेतावनी दिएको भन्दै पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको हो ।

विभागले उक्त तीन दिनको अवधिमा उच्च पहाडी र हिमाली क्षेत्रका निषेधित स्थानमा पदयात्रामा जाने अनुमतिपत्र जारी नगरिने बताएको छ ।

विपद्को जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै विभागले पदयात्राका क्रममा यसअघि नै तोकिएका क्षेत्रभित्र प्रवेश गरिसकेका पर्यटकलाई जथाभावी नहिँडी सुरक्षित स्थान वा आश्रयस्थलमा मात्र बस्न आग्रह गरेको छ ।

मौसमको प्रतिकूलताबीच हुन सक्ने मानवीय दुर्घटना टार्न यो सतर्कता अपनाइएको विभागले जनाएको छ । विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक र सम्बन्धित सबै सरोकारवालाहरूलाई यो सूचनाको कडा रूपमा पालना गर्न र गराउन निर्देशन दिएको छ । विपद्को जोखिम टरेको आधिकारिक सूचना नआएसम्म हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रा पूर्णरूपमा स्थगित गर्न विभागले सबैलाई सचेत गराएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछानेको चीन भ्रमण स्थगितपछि महामन्त्री आचार्यको नेतृत्वमा टोली जाने तयारी
२०८३ कार्तिक १०, मंगलबार
Bhotekoshi flood caused loss of Rs 79.17B in private households, business
२०८३ कार्तिक १०, मंगलबार
मोजतबा खानेईसँग दुई पटक भेटेको इरानी राष्ट्रपतिको भनाइ, सभामुखले पनि स्वास्थ्यबारे दिए जानकारी
२०८३ कार्तिक १०, मंगलबार
नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा ५० महिला पत्रकारको निःशुल्क स्तन क्यान्सर परीक्षण
२०८३ कार्तिक १०, मंगलबार
एमाले अध्यक्ष ओलीद्वारा मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण
२०८३ कार्तिक १०, मंगलबार
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
२०८३ कार्तिक १०, मंगलबार