कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १३ कात्तिकः संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाल र बङ्गलादेशलाई अतिकम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको बिहीबारको ८१औँ महासभा बैठकले उक्त निर्णय गरेको हो । संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई अझ प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ ।

नेपालले यस अवधिमा उत्पादन क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा आर्थिक र सामाजिक रूपान्तरणका लागि उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । महासभाबाट प्राप्त अतिरिक्त समयले नेपाललाई अति कम विकसित मुलुकको सूचीबाट सहज, दिगो र अपरिवर्तनीय रूपमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
२०८३ कार्तिक १३, शुक्रबार
काठमाडौंका यी स्थानमा आज साढे पाँच घण्टा लोडसेडिङ्ग
२०८३ कार्तिक १३, शुक्रबार
ब्राजिलमा लुलाको पुनरागमन, चुनावी नतिजालाई लिएर ट्रम्पको आलोचना
२०८३ कार्तिक १३, शुक्रबार
Nepal comes up with four proposals for dealing with mountain crises, 53 nations back them
२०८३ कार्तिक १३, शुक्रबार
काठमाडौं उपत्यकामा मासु पसल र बधशालाको मापदण्ड लागू गर्न कार्यदल परिचालन
२०८३ कार्तिक १३, शुक्रबार
नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
२०८३ कार्तिक १३, शुक्रबार
सुनको मूल्यमा ठूलो गिरावट, चाँदी पनि तोलामा १०५ रुपैयाँले सस्तियो
२०८३ कार्तिक १३, शुक्रबार