कार्तिक २३, २०८३ सोमबार November 9, 2026

नेपाली मौलिक संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ, संरक्षणमा जुटौँ : केपी ओली

नेपाली संस्कृति कमजोर हुँदै गएकोमा ओलीको चिन्ता, मौलिक परम्परा जोगाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृति र मौलिक चाडपर्वमाथि हमला भइरहेको भन्दै यसको संरक्षणमा सचेत हुन सबै नेपालीलाई आग्रह गरेका छन् ।

तिहार तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाज संविधान र कानुनले मात्र नभई नैतिकता, इमानदारी, सामाजिक मूल्य–मान्यता र विश्वासले चल्ने बताए ।

उनले समाजलाई एकताबद्ध बनाएर शान्तिपूर्ण रूपमा अघि बढाउन सामाजिक मूल्य, मान्यता र विश्वासको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

‘समाज संविधानले भन्दा, कानुनले भन्दा, जेलनेलले भन्दा नैतिकताले चल्छ, इमानले चल्छ, समाजका प्रबन्ध र सामाजिक मूल्य–मान्यताले चल्छ,’ उनले भने ।

अध्यक्ष ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए । साना देखिने सांस्कृतिक गतिविधिभित्र पनि समाज र सभ्यताका महत्त्वपूर्ण पक्ष लुकेको उनले बताए ।

मानिस सामाजिक प्राणी भएकाले समाज निर्माण र सञ्चालनका लागि विभिन्न नीति, नियम, परम्परा, चाडपर्व, बाजागाजा, नृत्य, संगीत र खानाका परिकारको विकास गरेको उनले बताए ।

उनले हरेक चाडपर्वका आफ्नै विशेषता, परिकार, गीत र नृत्य हुने उल्लेख गर्दै खेतीपाती सुरु गर्ने समयदेखि बाली भित्र्याउने समयसम्मका विभिन्न अवसरलाई नेपाली समाजले चाडपर्वका रूपमा मनाउँदै आएको बताए ।

जन्म, विवाह, मृत्यु, सुख–दुःख तथा अप्ठ्यारा परिस्थितिमा समेत नेपाली समाज सामूहिक रूपमा सहभागी हुने परम्पराले संस्कृति र सभ्यता निर्माण गरेको उनले उल्लेख गरे ।

‘यी कुराहरूको असाधारण महत्त्व छ र हामीले यस्ता कुराहरूलाई निरन्तरता दिनुपर्छ । उल्लास र उत्साहका साथ मनाउँदै जानुपर्छ,’ उनले भने ।

अध्यक्ष ओलीले नेपाली मौलिक बाजागाजा र नृत्यको स्थान अन्य संस्कृतिका बाजा तथा नृत्यले लिन थालेको भन्दै चिन्ता व्यक्त गरे । अन्य देशका बाजागाजा र संगीत सिक्न तथा प्रयोग गर्न सकिने भए पनि आफ्ना मौलिक कला र संस्कृतिलाई विस्थापित गर्न नहुने उनले ।

उनले नेपाली नृत्यमा शारीरिक गतिविधि मात्र नभई हाउभाउ, आँखाको संकेत र खुट्टाको चालमार्फत भावसमेत अभिव्यक्त हुने विशेषता रहेको बताए ।

‘हाम्रा नृत्यहरूमा हाउभाउ छ । आँखाले यसो हेर्दा पनि संकेत हुन्छ, खुट्टाका चालहरूमा पनि भाव हुन्छ । हाम्रो कलामा कला मात्रै होइन, भाव पनि मिसिएको छ,’ उनले भने ।

नेपाली मौलिक बाजागाजा, ताल, गीतसंगीत र नृत्यको विशिष्टता रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्ता सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणमा ध्यान दिनुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल
२०८३ कार्तिक २३, सोमबार
नेपाली मौलिक संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ, संरक्षणमा जुटौँ : केपी ओली
२०८३ कार्तिक २३, सोमबार
किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी
२०८३ कार्तिक २३, सोमबार
तिहारले आपसी सद्‌भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २३, सोमबार
रैथाने सांस्कृतिक परम्परामा तिहारको विशेष महत्व : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २३, सोमबार
बाजुरा जिल्ला अदालत तिहार बिदामा पनि खुला रहने
२०८३ कार्तिक २३, सोमबार
बिदामा पनि विद्यार्थीको पढाइ अनुगमन गर्न घरदैलोमा पुग्यो विद्यालय
२०८३ कार्तिक २३, सोमबार