श्रावण ३, २०८२ शनिबार July 19, 2025

आदर्श मावि राँझामा कार्यरत शिक्षक रेग्मीको शङ्कास्पद मृत्यु

शव जलेको अवस्थामा शिक्षक मृत भेटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शिक्षण पेसामा आबद्ध नेपालगञ्ज उपमहानगरपालिका –१८ का रवीन्द्र रेग्मीको मृत्यु भएको छ । सोमबार दिउँसो करिब २.३० बजेतिर बैठकमा जानु छ भन्दै घरबाट निस्किनुभएका रेग्मीको मङ्गलबार बिहान राप्ती–सोनारी गाउँपालिकाको ढिकेरीस्थित जङ्गलमा जलेको अवस्थामा शव फेला परेको हो ।

भे ६ प ८२२४ नम्बरको मोटरसाइकलमा घरबाट निस्किनुभएका रेग्मीको राति १०.३० बजेपछि मोबाइल स्विचअफ भएको परिवारका सदस्यको भनाइ छ । ४३ वर्षीय रेग्मी आदर्श मावि राँझामा कार्यरत रहनुभएको थियो ।

सडक किनारमा मोटरसाइकल रहेको र नजिकै रेग्मीको शव जलेको अवस्थामा भेटिएको स्थानीय ऐनबहादुर हमालले जानकारी दिनुभयो । घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले घटनाबारे अनुसन्धान सुरु भएको बताउनुभयो ।

प्रहरीले तालिमप्राप्त कुकुर समेत परिचालन गरेको जनाएको छ । रेग्मीको  शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा ल्याइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया