असार २४, २०८२ मंगलबार July 8, 2025

राती लुगा नलगाइकन सुत्नुहोस् : पाँच फाइदा सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मानव जीवनमा सुताई पनि एउटा महत्त्वपूर्ण पाटो हो । कसरी सुतिन्छ भन्ने कुराले पनि मानव जीवन कति सुखी छ भन्ने थाहा हुन्छ।

सामान्यतया मानिसहरू आफ्नो सुताइबारे धेरै सोच्दैनन् । तर, ‘बेड–लाइफ’ ले पनि कतिपय अवस्थामा सिङ्गो जीवनशैलीलाई धेरै सहयोग गरिरहेको पश्चिमा केही वैज्ञानिकहरू बताउँछन् । केही वैज्ञानिक र मनोविज्ञहरुका अनुसार शरिरमा कुनैपनि लुगा नलगाइनकन सुत्नुका मुख्य फाइदाहरू यस्ता छन् :

१. हाइजेनिक हुन्छ :

राती सुत्ने बेला पेन्ट वा अरू कपडा लगाएर सुत्दा शरीरमा विभिन्न ब्याक्टेरिया प्रवेश गर्न सक्छ । त्यसैले पनि कुनैपनि लुगा नलगाइनकन सुत्नु हाइजेनिक मानिन्छ । जसले गर्दा शरीरमा राति गर्मी हुनसक्ने भएकाले पनि वैज्ञानिकहरू त्यसरी सुत्नुलाई हाइजेनिक मान्छन् ।

२. राती सहज रूपमा सुत्न सकिन्छ :

तपाईँ सुत्ने बेलामा शरीरको तापक्रम पनि कम हुनु आवश्यक हुन्छ । हामी गहिरो निन्द्रामा हुँदा शरीरको तापक्रम पनि तुलनात्मक रूपमा कम हुनुपर्छ । तर, कपडासहित सुत्दा शरीरमा तापक्रम बढ्न सक्छ । यसरी, शरीरको तापक्रम सन्तुलन बनाउनका लागि पनि कुनैपनि लुगा नलगाइनकन सुत्नु आवश्यक छ ।

३. सेक्स डिजायर बढाउँछ :

छाला छोएर सुत्दा स्वाभाविक रूपमा शरीरमा हर्मोनको मात्रा बढ्छ । जस्तै, अक्रिटोकिन जस्तो हार्मोनको मात्रा बढ्छ । र यसले शरीरमा सेक्सको डिजायर पनि बढाउँछ । यसरी, एक्लै वा जोडी सुत्दा पनि छाला छोइँदा त्यसले शारीरिक आवश्यकता पनि बढाउँछ ।

४. अद्धित्तिय स्वतन्त्रता मिल्छ :

कुनैपनि लुगा नलगाइनकन सुत्दा साँच्चिकै स्वतन्त्रता मिल्छ । यत्तिको स्वतन्त्रताको अनुभूति सायदै अरू गतिविधिबाट मिल्ला । यसले संवेदनशीलता पनि अन्य अवस्थामा भन्दा बढी हुन्छ ।

५. शरीरको तौल घटाउन मद्दत गर्छ :

मोटो हुने मानिसहरू शरीरको तौल घटाउन धेरै कोसिस गर्छन् । तर, कुनैपनि लुगा नलगाइनकन सुत्नाले पनि शरीरको तौल घट्छ । शरीरको तौल घटाउने यो पनि एउटा राम्रो तरिका हो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया