जेठ ३०, २०८३ शनिबार June 13, 2026

अमेजनका संस्थापक बेजोस हुदैँछ बिबाह, एक पाहुनाका लागि ७५ लाख खर्च

उनीहरुको विवाह अर्को महिना अर्थात् जुन २०२६ मा इटालीको भेनिसमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १२ बैशाख । बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनका संस्थापक जेफ बेजोस र उनकी मंगेतर लरेन सान्चेज विवाह बन्धनमा बाँधिने भएका छन्।

समाचार उनीहरुको विवाह अर्को महिना अर्थात् जुन २०२६ मा इटालीको भेनिसमा हुनेछ । यसका लागि तयारी सुरु भइसकेको छ ।

विश्वकै दोस्रो धनी व्यक्तिको विवाहको चर्चा विश्वभर भइरहेको छ । यो शाही विवाहमा करिब २०० जनालाई मात्रै निम्तो दिइने रिपोर्टमा दाबी गरिएको छ ।

समाचार अनुसार प्रत्येक पाहुनाका लागि औसत ७५ लाख रुपैयाँ खर्च गरिने भएको छ, जसको कारण यो खर्चको निकै चर्चा परिचर्चा रहेको छ । र त, केही रिपोर्टहरूले यो संसारको सबैभन्दा महँगो विवाह हुने दाबी गरिरहेका छन्।

यो विवाहको लागि अतिथिहरूको सूची तयार पनि तयार भईसकेको छ। जानकारीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं जेरेड कुशनरको नाम यस शाही विवाहमा अतिथिहरूको सूचीमा परेका छन्।

यसबाहेक किम कार्दशियन, क्रिस जेनर, केटी पेरी र ओर्ल्यान्डो ब्लूम, ओप्रा विन्फ्रे, बिल गेट्स र मिरान्डा केरजस्ता ठूला नामहरू पनि समावेश भएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
२०८३ जेठ ३०, शनिबार
हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित
२०८३ जेठ ३०, शनिबार
काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
२०८३ जेठ ३०, शनिबार
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै
२०८३ जेठ ३०, शनिबार
भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै
२०८३ जेठ ३०, शनिबार
सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
२०८३ जेठ ३०, शनिबार
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम सुरु हुँदै
२०८३ जेठ ३०, शनिबार