असोज १३, २०८३ मंगलबार September 29, 2026

एउटा यस्तो एक्लो समुन्द्र, जसको न छ तट, न त छ किनारा नै

प्राचीन लोककथामा यस क्षेत्रलाई जहाजहरूका लागि डरलाग्दो र जोखिमपूर्ण मानिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पृथ्वीमा प्राकृतिक आश्चर्यहरूको कुनै कमी छैन् तैपनि आन्ध्र महासागरको ठीक बीचमा अवस्थित एउटा समुद्रले शताब्दीयौँ देखि वैज्ञानिक र अन्वेषकहरूलाई अलमलमा पारिरहेको छ। सामान्यतया, समुद्र र महासागरहरू तिनका तटरेखाका आधारमा परिभाषित गरिन्छन् तर ‘सारगासो सागर’ विश्वको यस्तो एकमात्र समुद्री क्षेत्र हो, जसको कुनै तट वा जमिनको सिमाना छैन।

उत्तर आन्ध्र महासागरको बीचमा शान्त र गाढा नीलो पानीको यो विशाल क्षेत्र अवस्थित छ। हराएका नाविकहरू र समुद्री झारमा फसेका जहाजहरूसँग जोडिएका रहस्यमय कथाहरूका कारण शताब्दीयौं देखि चर्चामा रहेको यो समुद्र आज आधुनिक समुद्री विज्ञानका लागि एक अद्वितीय प्रयोगशाला बनेको छ।

‘सारगासो सागर’को भौगोलिक अवस्थिति अन्य सामान्य सागरहरूभन्दा निकै भिन्न छ। कुनै पनि जमिनको सीमा नभएको पानीको यो विशाल क्षेत्र उत्तर आन्ध्र महासागरको ठीक बीचमा अवस्थित छ। प्राचीन कालमा जब साहसी युरोपेली नाविकहरू लामो समुद्री यात्रामा निस्कन्थे, उनीहरू यस क्षेत्र भएर जानबाट जोगिन खोज्थे। त्यसबेला यसलाई हराएका वा डुबेका जहाजहरूको चिहानका रूपमा चिनिन्थ्यो।

नाभिकहरूको विश्वास थियो कि अनौठो वनस्पतिले ढाकिएको सतह भएको यस समुद्रको पूर्ण रूपमा शान्त पानीमा प्रवेश गर्ने कुनै पनि काठको जहाज, हावाको अभाव र झारपातको जालका कारण त्यहाँ सधैँका लागि फस्नेछ।

यस समुद्रको सबैभन्दा उल्लेखनीय प्राकृतिक विशेषता भनेको यसको असाधारण रूपमा सफा र गाढा नीलो पानी हो। ‘सारगसो सागर’ को पानी यति स्वच्छ छ कि पानी मुनि देख्न सकिने क्षमता अर्थात भिजिबिलिटी करिब ५० देखि ६० मिटरको गहिरााइसम्म पुग्छ। पानीको यो स्थिर र घुमिरहने पिण्डमुनि एक अत्यन्तै समृद्ध र संवेदनशील पारिस्थितिक प्रणाली विकसित भएको छ। समुद्री अनुसन्धानकर्ताहरूको विश्वास छ कि यस पानीको अध्ययनले पृथ्वीको प्राचीन जलवायु परिवर्तन र महासागरहरूको विकासक्रमसम्बन्धी महत्त्वपूर्ण रहस्यहरू उजागर गर्न सक्छ।

कुनै पनि स्थलगत सिमाना नभएको यस समुद्रको सीमाना चारै दिशाबाट बग्ने शक्तिशाली समुद्री प्रवाहहरूद्वारा निर्धारण गरिन्छ। यी चार प्रमुख प्रवाहहरूले एउटा विशाल र गोलाकार घुमाउरो प्रवाह को निर्माण गर्छन् । जसको पश्चिममा गल्फ स्ट्रिम, पुर्वमा क्यानरी करेन्ट, उत्तरमा नर्थ एट्लान्टिक करेन्ट, दक्षिणमा उत्तर आन्ध्र भूमध्य रेखीय जलधारा रहेका छन् । यी चार जलधाराहरूको निरन्तर घुम्ने गतिको कारणले गर्दा यसको मध्य भागको पानी सधैं शान्त रहन्छ। मौसम, हावा र जलधाराहरूको गतिमा हुने परिवर्तनका आधारमा यस समुद्रको कुल क्षेत्रफल र सिमानामा सामान्य उतार चढाव आउँछ।

यो समुद्रको नाम पोर्चुगाली शब्द ‘सारगासम’ बाट राखिएको हो, जसले एक विशेष प्रकारको समुद्री झ्याउलाई जनाउँछ। यस समुद्रको सतहभरि नै तैरिरहेको खैरो रङको समुद्री झ्याउको विशाल फैलावट देख्न सकिन्छ। यस झ्याउको सबैभन्दा विशिष्ट जैविक विशेषता भनेको यसलाई हुर्कनका लागि समुद्रको पिँध वा माटोको आवश्यकता पर्दैन  । यसले पानीको सतहमा तैरिरहँदा नै आवश्यक पोषक तत्वहरू प्राप्त गर्छ र सयौं किलोमिटर क्षेत्रसम्म फैलिन्छ।

यद्यपि प्राचीन लोककथामा यस क्षेत्रलाई जहाजहरूका लागि डरलाग्दो र जोखिमपूर्ण मानिएको छ तर आधुनिक जैविक विविधताको दृष्टिकोणले हेर्दा यो समुद्र एक विशाल र सुरक्षित ‘नर्सरी’ अर्थात प्रजनन तथा हुर्किने स्थलका रूपमा रहेको छ। पानीमा तैरिने खैरो रङको यो समुद्री झार अनगिन्ती दुर्लभ समुद्री गँगटा, माछाका विशिष्ट प्रजाति र लोपोन्मुख समुद्री कछुवाहरूका लागि आश्रयस्थल तथा मुख्य आहारको स्रोत बनेको छ।

आधुनिक स्याटेलाइट सर्वेक्षण र वैज्ञानिक तथ्याङ्कहरूले यो स्पष्ट पारेका छन् कि चारैतिरबाट जमिनले घेरिएको भए तापनि यो समुद्र विश्वव्यापी समुद्री जीवनचक्रको एक अपरिहार्य र महत्त्वपूर्ण अङ्ग हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार