काठमाडौंः प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ। संघीय संसद भवन बानेश्वरमा बैठक बिहान ११ : ०० बजे बस्ने तय भएको छ।
बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम छ। गत जेठ १५ मा बजेट पेश भएर त्यसमाथि संसदमा सामान्य छलफल चलिरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया