कार्तिक १६, २०८३ सोमबार November 2, 2026

लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..

जिम्मेवार कर्मचारीलाई कारबाही गरिने पाकिस्तान एयरपोर्ट्स अथोरिटी (पीएए) को तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इस्लामावाद, ३० असार । पाकिस्तानमा बेलाबेलामा अनौठा घटनाको खबर आउने गर्छ ।

यसैबीच, अहिले पाकिस्तान एयरलाइन्सको लापरवाहीले लाहोरदेखि साउदीसम्मको एउटा उडान हेडलाइन बनेको छ । लाहोरबाट कराँचीको उडान लिएका एक व्यक्तिलाई पाकिस्तान एयरलाइन्सको विमानले साउदी अरेबियाको जेद्दाह लगेको छ ।

एआरवाई रिपोर्टका अनुसार यस यात्रुको नाम शाहजैन हो, जसले लाहोर एयरपोर्टबाट कराँचीको टिकट लिएका थिए तर उनलाई गलत विमानमा राखियो र शाहजैन भिसा र पासपोर्ट बिना सिधै विदेश पुगे।

यो कुरा शाहजैनलाई उडानको बीचमा थाहा भयो । जब धेरै घण्टा बितिसक्दा पनि कराँची आइपुगेन, उनले क्याबिन क्रु सदस्यलाई प्रश्न सोधे, जसपछि पूरै उडानमा हंगामा मच्चियो।

शाहजैनले स्थानीय मिडियालाई भने, ‘लाहोर एयरपोर्टको आन्तरिक टर्मिनलको ढोकामा दुईवटा विमान पार्किङ गरिएको थियो। मैले एयरलाइन्स स्टाफलाई मेरो टिकट पनि देखाएँ। म गलत उडानमा चढेको छु भन्ने मलाई पटक्कै थाहा थिएन। उडानमा प्रवेश गरे पछि मात्रै मैले एयर होस्टेसलाई मेरो टिकट पनि देखाएँ।’

शाहजैनका अनुसार उडानको २ घण्टा बितिसक्दा पनि विमान कराँचीमा नपुगेपछि उनले केबिन क्रुलाई सोधे कि विमान कराचीमा किन अवतरण भएको छैन ? यसपछि विमानमा त्रास फैलियो । चालक दलका सदस्यहरूले यो गल्तीको लागि शाहजैनलाई दोष दिन थाले।

तर, शाहजैनले आफूसँग साउदी अरबको पासपोर्ट र भिसा नभएको बताएका छन् । जेद्दा पुगेपछि जब शाहजैनले कराँची फिर्ता लैजान अनुरोध गरे, उनलाई कराँची पुग्न २–३ दिन लाग्ने भनिएको थियो। शाहजैनले पाकिस्तान एयरलाइन्सविरुद्ध कानुनी कारबाही गर्ने बताएका छन् ।

पाकिस्तान एयरपोर्ट्स अथोरिटी (पीएए) ले लाहोर एयरपोर्टका अधिकारीहरूसँग यस विषयमा सोधपुछ गरेको थियो। पिपीएले यसलाई एयरलाइनको लापरवाहीको रूपमा वर्णन गरेको छ। लाहोर एयरपोर्ट प्रशासनले पनि छानबिन गर्न आदेश दिएको छ। जिम्मेवार कर्मचारीलाई कारबाही गरिने उसले जनाएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्तन क्यान्सर सचेतनाका लागि काठमाडौँ क्यान्सर सेन्टरको निःशुल्क परीक्षण अभियान
२०८३ कार्तिक १६, सोमबार
संविधानको सर्वोच्चता र कानुनी शासनप्रति गम्भीर रहन सर्वोच्च अदालत फुलकोर्टको आग्रह
२०८३ कार्तिक १६, सोमबार
इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब
२०८३ कार्तिक १६, सोमबार
कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सुरु
२०८३ कार्तिक १६, सोमबार
पोल्याण्डमा सरकार र न्यायपालिका बिच विवाद उग्र: न्याधीशद्वारा अदालतका अध्यक्ष निलम्बन
२०८३ कार्तिक १६, सोमबार
मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार
२०८३ कार्तिक १६, सोमबार
एनपिएल क्रिकेटः काठमाडौं गोर्खाजले टस जित्यो
२०८३ कार्तिक १६, सोमबार