कार्तिक १६, २०८३ सोमबार November 2, 2026

कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सुरु

आगामी कार्यदिशा र अघिल्लो बैठकका निर्णयको समीक्षा, भोगाइ तथा अनुभवका बारेमा छलफल गरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, १६ कात्तिकः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आर्थिक मामिला परिषद् बैठक सुरु भएको छ ।

परिषद् बैठकको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज गर्नुभएको हो । कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव लीलाप्रसाद शर्माले मुलुकमा सङ्घीयताको तीन तहको अभ्यास भइरहेकाले यसबीचमा देखिएका वित्तीय समस्या र असल अभ्यसाका विषयमा बैठकमा गहन छलफल हुने बताउनुभयो ।

उहाँका अनुसार परिषद् बैठकमा वित्तीय सङ्घीयता सुदृढीकरणका लागि अन्तर तह समन्वय तथा तहगत भूमिका, प्रदेशहरुले गरेका असल अभ्यास, कार्यान्वयनको अवस्था, देखिएका समस्या, चुनौती, आगामी कार्यदिशा र अघिल्लो बैठकका निर्णयको समीक्षा, भोगाइ तथा अनुभवका बारेमा छलफल गरिनेछ ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले अध्यक्षता गर्नुभएको उक्त बैठकमा कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री क्रमशः विदुरकुमार लिङ्थेप, युवराज भट्टराई, सरल सहयात्री पौडेल, इन्द्रजित थारु, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्री र डा खिमलाल देवकोटा सहभागी हुनुभएको छ ।

त्यस्तै, छ प्रदेशका आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव क्रमशः कोशहरि निरौला (कोशी), सेवन्तक पोखरेल (मधेस), नारायणप्रसाद मैनाली (बागमती, डाटोकराज पाण्डे (गण्डकी), नि.प्रदेश सचिव नारायणप्रसाद पौडेल (लुम्बिनी) र लीलाप्रसाद शर्मा(कर्णाली)को सहभागिता रहेको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधानको सर्वोच्चता र कानुनी शासनप्रति गम्भीर रहन सर्वोच्च अदालत फुलकोर्टको आग्रह
२०८३ कार्तिक १६, सोमबार
इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब
२०८३ कार्तिक १६, सोमबार
कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सुरु
२०८३ कार्तिक १६, सोमबार
पोल्याण्डमा सरकार र न्यायपालिका बिच विवाद उग्र: न्याधीशद्वारा अदालतका अध्यक्ष निलम्बन
२०८३ कार्तिक १६, सोमबार
मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार
२०८३ कार्तिक १६, सोमबार
एनपिएल क्रिकेटः काठमाडौं गोर्खाजले टस जित्यो
२०८३ कार्तिक १६, सोमबार
यू-१९ एसिया कपका लागि नेपालको क्रिकेट टोली घोषणा
२०८३ कार्तिक १६, सोमबार