वासिङ्टन, १६ कात्तिक । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गर्नुभएको एक प्रतिवेदनले जनाएको छ ।
समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य कारबाहीबारे टेलिफोनमा छलफल भएको थियो । ट्रम्पले भने आइतबार फोन वार्ता ‘धेरै राम्रो’ भएको बताउनुभयो ।
नेतान्याहु सैन्य कारबाहीका पक्षमा रहनुभएको र ट्रम्प तत्काल वार्ता जारी राख्न चाहनुभएको प्रतिवेदनमा उल्लेख छ । ट्रम्पले कूटनीतिक प्रयाससँगै सैन्य विकल्प पनि खुला राख्नुभएको जनाइएको छ ।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईलाई वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे पत्र पठाउनुभएको छ । कतारी मध्यस्थकर्ताले पनि लगातार तेस्रो दिन इरानी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले भने वार्तामा सहमति भइनसकेको बताउँदै कूटनीतिक समाधानका लागि प्रयास भइरहेको जनाउनुभएको छ । उहाँले अमेरिकाले कूटनीतिक मार्ग रोज्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।रासस/एएनआई
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया