कार्तिक १४, २०८३ शनिबार October 31, 2026

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने

रुस–युक्रेन युद्ध र ‘ब्ल्याक सी’ क्षेत्रको सुरक्षा स्थितिबारे क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विकासबारे छलफल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इस्तानबुल, १४ कात्तिक : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शनिबार टर्कीको राजकीय भ्रमण गरी आफ्ना टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँग रुससँगको युद्ध र ‘ब्ल्याक सी’ को सुरक्षा स्थितिका बारेमा वार्ता गर्ने कार्यक्रम तय भएको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

“इस्तानबुलमा हुने छलफलमा दुवै पक्षले टर्की र युक्रेनबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन सकिने कदमहरूका साथै विशेष गरी रुस–युक्रेन युद्ध र ‘ब्ल्याक सी’ क्षेत्रको सुरक्षा स्थितिबारे क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विकासबारे छलफल गर्नेछन्,” राष्ट्रपतिको कार्यालयका सञ्चार निर्देशक बुर्हानेत्तिन दुरानले एक्समा लेख्नुभएको छ।

रुस र युक्रेन दुवैसँग सम्बन्ध भए पनि टर्की ‘ब्ल्याक सी’ मा व्यापारिक जहाजहरूमाथि भएका आक्रमणबाट क्रुद्ध छ ।

राष्ट्रपति एर्दोगानले सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभामा यस्ता आक्रमण ‘अस्वीकार्य’ भएको बताउनुभएको थियो । अङ्काराले नागरिक जहाजहरूमाथिको आक्रमण रोक्न रुस र युक्रेनलाई प्रस्ताव पठाएको थियो तर दुवै शत्रु पक्षले त्यसमा कुनै कदम चालेका छैनन् । टर्कीले रुस र युक्रेनबीच दिगो युद्धविराम र शान्ति सम्झौताका लागि धेरै चरणका वार्ता पनि आयोजना गरेको छ ।

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तामा एर्दोगानले युक्रेन र रुसबीच कूटनीतिक प्रक्रिया पुनः सुरु गर्न तथा वार्तामार्फत युद्ध अन्त्य गर्न टर्की तयार रहेको बताएका टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने
२०८३ कार्तिक १४, शनिबार
फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै
२०८३ कार्तिक १४, शनिबार
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण
२०८३ कार्तिक १४, शनिबार
भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध
२०८३ कार्तिक १४, शनिबार
रास्वपा सचिवालय बैठक बस्दै
२०८३ कार्तिक १४, शनिबार
बीपी र कर्णाली राजमार्ग पूर्ण अवरुद्ध, बुढीगण्डकीको पुल बगाउँदा दुई वडा सडक सम्पर्कविहीन
२०८३ कार्तिक १४, शनिबार
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दै, २४ घण्टामा ३१४ सवारी कारबाहीमा
२०८३ कार्तिक १४, शनिबार