काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ३१४ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार बिहान ६ बजेसम्मको २४ घण्टामा नियम विपरीत सञ्चालन भएका सवारीसाधनलाई नियन्त्रण र कारबाहीमा पारिएको हो।
कारबाहीमा परेकामध्ये तीव्र गतिमा सवारी चलाउने ११, मादक पदार्थ सेवन (मापसे) गरी चलाउने ४० र सिसिटिभी निगरानीमार्फत पहिचान गरिएका १६ सवारीसाधन रहेका छन्।
यसैगरी, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ७, हर्न निषेध नियम नमान्ने १ तथा सवारीको यान्त्रिक अवस्था ठीक नभएका ५ वटा सवारीसाधन कारबाहीमा परेका छन्। अन्य विभिन्न शीर्षक अन्तर्गत २३२ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया