कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

कृषि जेटिए मेघा रावलको फूलखेती

आफ्नै चार कट्ठा जग्गामा सयपत्रीका दुई हजार ४०० बोट फूल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कञ्चनपुर, १३ कात्तिक । फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पुष्प व्यवसायमा लाग्नुभएको छ ।

आफ्नै चार कट्ठा जग्गामा उहाँले सयपत्रीका दुई हजार ४०० बोट फूल रोप्नुभएको छ । कृषि जेटिए अध्ययनपछि उहाँले फूलखेतीमा राम्रो सम्भावना देखेर यस व्यवसायमा लागेको बताउनुभयो ।

“तीनवर्षे कृषि जेटिए अध्ययनपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले फूलखेतीमा लागेँ”, रावलले भन्नुभयो, “बजारमा फूलको माग र सम्भावना देखेर नै मलाई यसतर्फ आकर्षित गरेको हो ।”

तिहारलगायत चाडपर्वमा फूलको माग बढ्ने भएकाले पुष्प व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने उहाँको अपेक्षा छ । “विभिन्न चाडपर्व र धार्मिक तथा सांस्कृतिक कार्यक्रममा फूलको माग बढिरहेको छ”, उहाँले भन्नुभयो ।

उहाँले बाहिरबाट आयात गर्नुको साटो आफ्नै ठाउँमा उत्पादन गरेर आम्दानी गर्न सकिने बताउनुभयो । पछिल्लो समय विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम, विवाह र अन्य समारोहमा फूलको प्रयोग बढ्दै जाँदा स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन थालेको छ ।

परम्परागत खेतीभन्दा फूलखेतीमा दुई गुणा बढी आम्दानी हुने उहाँको भनाइ छ । “यसपटक फूलको माग र बजार हेरेर अर्को वर्ष फूलखेती विस्तार गर्ने योजना छ”, रावलले भन्नुभयो, “आफूले सैद्धान्तिक रूपमा सिकेको सीप प्रयोगमा ल्याउने र आत्मनिर्भर बन्न खेतीले सहयोग गर्छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ कार्तिक १३, शुक्रबार
आज एनपीएलका खेल नहुने, भोलि दुई खेलमा चार टोली प्रतिस्पर्धा गर्दै
२०८३ कार्तिक १३, शुक्रबार
कृषि जेटिए मेघा रावलको फूलखेती
२०८३ कार्तिक १३, शुक्रबार
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १३, शुक्रबार
भकिम्लीका किसान व्यावसायिक गाईपालनमा
२०८३ कार्तिक १३, शुक्रबार
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
२०८३ कार्तिक १३, शुक्रबार
राष्ट्र बैंकले सार्वजनिक गर्यो आजको विदेशी मुद्रा विनिमय दर, कुन मुद्राको मूल्य कति ?
२०८३ कार्तिक १३, शुक्रबार