कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी

कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको आकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभाव रहेको जनाएको छ।

चक्रवात ‘अर्नब’ को प्रभाव : झापामा बाढी र डुबानको जोखिम बढेपछि तीन दिन विशेष सतर्कता अपनाउन प्रशासनको आग्रहमहाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बादलों लाग्नेछ।

यस क्रममा कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थान तथा अन्य हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम किसिमको वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थान र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा समेत मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, आज राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा अधिकांश बादली रहनेछ। यस दौरान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको आङ्कलन गरिएको छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एकदुई स्थानमा समेत भारी वर्षा हुन सक्ने विभागले चेतावनी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार