काभ्रेपलाञ्चोक। रोशी गाउँपालिका-९ पिन्थली र गाउँपालिका-८ गिम्दीबेँसीमा पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले लगातारको वर्षा जारी रहेकाले तत्काल बाटो खुलाउन सहज नभएको जनाएका छन्।
उनले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरेका छन्। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया