काठमाडौं। लगातारको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न मुख्य तथा सहायक सडकहरू अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
बाढीका कारण गोरखाको आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित बुढीगण्डकी नदीको फलामे मोटरेबल पुल बगेपछि ती दुई वडाबीचको सडक सम्पर्क टुटेको छ।
यस्तै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ स्थित पिन्थली र वडा नं ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका-७ स्थित औलिसेमा सुक्खा पहिरो खस्दा कर्णाली राजमार्ग पनि पूर्ण रूपमा ठप्प बनेको प्रहरीले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया