काठमाडौंः प्रतिनिधि सभाको बैठक आज (सोमबार) पनि बस्दैछ। सोमबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।
अर्थमन्त्री महतले जेगठ १५ गते संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका थिए। बजेटमाथि जेठ २१ गतेदेखि छलफल सुरु भएको थियो।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सामान्य छलफल सकिएको थियो। अर्थमन्त्रीले जवाफ दिएपछि बजेट पारितको प्रक्रिया सुरु हुनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया