श्रावण ३, २०८२ शनिबार July 19, 2025

खोलामा पौडी खेल्न गएका शिक्षकको डुबेर मृत्यु

गर्मी छल्न पौडी खेल्न गएका देव चुलीका शिक्षक कृष्ण सुवेदीको डुबेर मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोलामा पौडी खेल्न गएका शिक्षकको डुबेर मृत्यु भएको छ ।

मध्यविन्दु नगरपालिकास्थित अरुण खोलाको मुखेढुंगा रहमा गर्मी छल्न पौडी खेल्न गएका देव चुलीका शिक्षक कृष्ण सुवेदीको डुबेर मृत्यु भएको हो ।

उनी मध्यविन्दु नगरपालिका वडा नम्बर १० मा रहेको जनता माध्यमिक विद्यालयका शिक्षक हुन्। उनी आफ्ना ७ जना शिक्षकसहित खोलामा पौडी खेल्न गएका थिए ।

प्रहरी चौकी अरुण खोलाका अनुसार आइतबार साँझ अरुण खोला पौडी खेल्दा उनको डुबेर मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया