असार ३०, २०८२ सोमबार July 14, 2025

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दै

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरुसंग छलफल गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिको बैठक आज विहान ११ बजे बस्दैछ । आजको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरुसंग छलफल गरिने सुनुवाइ समितिका सचिव पदम पाण्डेले जानकारी दिनुभयो ।

संवैधानिक परिषद्को बैठकबाट गत वैशाख २५ गते कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो । गत जेठ १६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले उहाविरुद्ध उजुरी दिनका लागी १० दिनको समय तोकेको थियो ।

निर्धारित समयमा २९ वटा उजुरी परेका छन् । उजुरीकर्तामा बहालवाला जिल्ला न्यायाधीश र अधिवक्ताहरू, अभियन्ता र अन्य केही रहेका छन् ।

उजुरीकर्ताहरुसंगको छलफल सकिएपछि भोलीको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसंग छलफल गरिने पनि सचिव पाण्डेले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार