काठमाण्डौंः मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४, मसिनेस्थित पशुपति माध्यमिक विद्यालयले विद्यार्थीलाई साइकल प्रदान गर्ने भएको छ ।
विद्यालयले विद्यार्थीलाई नियमिति विद्यालय आउँने वातावरण बनाउँन कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत ११५ जना विद्यार्थीहरुलाई साइकल प्रदान गर्न लागेको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिए ।
वडा नम्बर ४ ले साइकल खरिद गर्न १० लाख रुपैयाँ सहयोग गरेपछि चालु शैक्षिक सत्रबाटै विद्यार्थीहरुलाई साइकल वितरण गर्नेगरी साइकल खरिद गरेर जडानको काम अन्तिम चरणमा पुगेको प्रधानाध्यापक आचार्यले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले विद्यालय आउँजाउँ गर्न एक घण्टाभन्दा बढी पैदल हिँड्नु पर्ने वाध्यता भएका विद्यार्थीलाई साइकल प्रदान गर्न लागिएको जानकारी दिए ।
अध्यक्ष गौतमले साइकलको मर्मत विद्यार्थी र अभिभावक आफैले गर्नुपर्ने र कक्षा १० पास भएपछि साइकल विद्यालयलाई फिर्ता गर्नुपर्ने सहमती गर्ने तयारी भइरहेको बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया