असार २४, २०८२ मंगलबार July 8, 2025

सर्वोच्चको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८१ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो ।

उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सुशीला सिंहलाई निर्भिक, इमान्दार र निष्ठावान न्यायाधीशको रुपमा आफूले चिनेको बताएका छन । ‘उहाँलाई म सानै छँदादेखि चिन्थें । मैले पहिले न्यायिक समितिमा पनि काम गरेकाले उहाँसँग चिनजान थियो,’ नेपाल बारका अध्यक्ष श्रेष्ठले भने, ‘उहाँ निष्ठावान हुनुहुन्थ्यो । महिलाहरुको कानुनी सहायता परियोजनामा पनि उहाँको उल्लेखनीय योगदान रह्यो ।’

उनको घर काठमाडौंको पकनाजोल हो । उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन् । श्रेष्ठ पनि अस्वस्थ छन् । उनीहरुका एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् ।

उनी सकेसम्म आजै साँझ काठमाडौं आउने र सुशीला सिंहको अन्त्येष्टि गर्ने तयारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया