श्रावण ३, २०८२ शनिबार July 19, 2025

बालेनको शैक्षिक मामिला सल्लाहकार रेशुले किन दिइन् राजीनामा ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं महानगरपालिकाकी शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् ।

महानगरका मेयर बालेन शाहको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै अर्यालले पदबाट राजीनामा दिएकी हुन् ।

महानगरको मेयरमा निर्वाचित भएपछि शैक्षिक सल्लाहकारमा नियुक्त भएकी अर्यालले  सामाजिक सञ्जालबाट मेयर शाहको गतिविधिप्रति चित्त नबुझेपछि राजीनामा दिएको उल्लेख गरेकी छन् ।

पछिल्लो समया संस्थागत विद्यालयमा अनिवार्य १० प्रतिशत छात्तवृत्तिमा कडाइ गरेका बालेनले १३ हजार विद्यार्थीहरुलाई छात्तवृत्तिमा अटाएका थिए । हालै भृकुटीमण्डपमा भएको एक शैक्षिक मेलासमेत बालेनले बन्द गराएका थिए ।

बालेनको यी कार्यप्रति असन्तुष्ट रहेकी अर्यालले राजीनामा दिनुको मुख्य कारण भने खुलाएकी छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया