असार २७, २०८२ शुक्रबार July 11, 2025

देशका विभिन्न सात ठाउँमा औद्योगिक ग्राम बनाउने सरकारको निर्णय

देशका विभिन्न सात क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले देशका विभिन्न सात क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देशका कालिकोटका केही नगरपालिका र गाउँपालिकामा गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको हो।

मंगलबार बैठकपछि सञ्चारकर्मीहरूसँग मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको बताइन्।

“उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा देशका विभिन्न ठाउँका सात वटा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय भएको छ। प्रस्तावहरू आएका क्षेत्रहरू कालिकोटका केही नगरपालिका र गाउँपालिकाहरू छन्,” उनले भनिन्।

उनले सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको रूपमा नवराज अधिकारीलाई नियुक्त गरेको जनाइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार