मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो

सुशनले अन्तिम समयमा तीन गोल गरेर चर्च बोइजलाई प्रतियोगिताकै सबैभन्दा फराकिलो जित दिलाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । एन्फा अन्डर सिक्सिटिन लिगअन्तर्गत शुक्रबार भएको खेलमा चर्च बोइज युथ क्लबले प्लानिङ बोइज युनाइटेडलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ। शुक्रबार नै भएका अन्य खेलमा फ्रेन्ड्स क्लब युनाइटेड र एपीएफ क्लबले जित निकालेका छन् ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्सले संकटा क्लबलाई ३-१ ले हराएको हो । फ्रेन्ड्सका लागि खेलको २०औं मिनेटमा नै मन्दीप ढुंगेलले जित दर्ता गरेका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको फ्रेन्ड्सका लागि दोस्रो हाफमा पर्वत बिसीले अग्रता दोब्बर पारेका थिए ।

यता ७०औं मिनेटमा संकटाका लागि पेमा तामाङले गोल फर्काएपछि खेल २-१ को अवस्थामा पुगेको थियो। तर ७७ मिनेटमा मन्दीपले व्यत्तिगत दोस्रो गोल गरेर फ्रेन्ड्सको पक्षमा ३-१ को जित हात पारेका हुन् ।

यता चर्च बोइजलाई नौ-शून्यको जित दिलाउन सुशान्त थापा मगरले ह्याट्रिकसहित पाँच गोल गरेका थिए । खेलको पहिलो मिनेटमै गोल गरेका सुशान्तले पहिलो हाफमा दुई गोल गरे।

स्वप्निल दर्नालले पनि दुई गोल थपेपछि दोस्रो हाफअघि प्लानिङ चार गोलले पछि थियो । दोस्रो हाफमा सेलभम केसीले आत्मघाति गोल गरे भने स्वप्निलले ६४ औं मिनेटमा ह्याट्रिक पूरा गरे । सुशनले अन्तिम समयमा तीन गोल गरेर चर्च बोइजलाई प्रतियोगिताकै सबैभन्दा फराकिलो जित दिलाएका हुन् ।

शुक्रबार नै भएको अर्को खेलमा एपीएफले पुलिस क्लबलाई ३-१ ले हराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार