श्रावण ५, २०८२ सोमबार July 21, 2025

टेन्डर मार्फत पोसाक खरिद गरे शैक्षिक संस्थालाई कारबाही (पत्रसहित)

विद्यार्थी र अभिभावकलाई निश्चित पसलबाट मात्र पोसाक खरिद गर्न बाध्यात्मक परिस्थिति सृजना गरे कारवाहीको दायरामा ल्याउने चेतावनी 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसहरुले टेन्डरमार्फत  विद्यालय पोसाक खरिद गर्न नपाउने निर्देशन जारी गरेको छ ।

नगरमा सञ्चालित शैक्षिक संस्थाहरुले निश्चित व्यापारीहरुसंगको मिलेमतोमा टेन्डर मार्फत पोसाक खरिद गर्ने प्रक्रिया मिलाई विद्यार्थी र अभिभावकलाई निश्चित पसलबाट मात्र पोसाक खरिद गर्न बाध्यात्मक परिस्थिति सृजना गरेको पाइएमा त्यस्ता शैक्षिक संस्थाहरुलाई  कारवाहीको दायरामा ल्याउने चेतावनी  दिइएको छ।

शिक्षा शाखा प्रमुख गंगाराम आचार्यद्वारा जारी विज्ञप्तिमा विद्यार्थीले आफूलाई मिल्दो अनुसारको पोसाक लगाउन नपाएको भनी नगरपालिकामा विभिन्न माध्यमबाट गुनासो आएकोले नगरभित्र सञ्चालित कुनैपनि शैक्षिक संस्थाले विद्यार्थी र अभिभावकको भावना विपरीत त्यस्ता कार्य नगर्न समेत निर्देशन गरिएको छ । शिक्षा शाखाले नगरका शैक्षिक संस्थालाई दिएको निर्देशन नगर प्रमुख रामकृष्ण खाँण र उप प्रमुख नागेश्वरी देवी चौधरीलाई  बोधार्थ पठाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार