भाद्र २, २०८३ मंगलबार August 18, 2026

काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न

उत्तीर्ण हुनका लागि न्यूनतम ४० प्रतिशत अंक अनिवार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, साउन ३ गते । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्तिको लागि अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि सञ्चालन गरेको प्रवेश परीक्षा शनिबार मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको छ।

महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी छनोटमा परेका थिए। तीमध्ये १४ हजार १७३ जना विद्यार्थीले परीक्षा दिएका छन्।

परीक्षा बिहान ८ बजेबाट १० बजेसम्म सञ्चालन गरिएको थियो, जसका लागि काठमाडौं उपत्यकाभित्रका ५४ वटा परीक्षा केन्द्रहरू तोकिएका थिए।

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो। प्रश्नपत्रमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०–३० बहुवैकल्पिक प्रश्नहरू तथा सामान्य ज्ञानबाट १० प्रश्न समावेश गरिएका थिए।

शिक्षा विभागले परीक्षामा नकारात्मक अंकन नराखिएको र उत्तीर्ण हुनका लागि न्यूनतम ४० प्रतिशत अंक अनिवार्य गरिएको जानकारी दिएको छ।

काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष कक्षा ११ मा उत्कृष्ट विद्यार्थीहरूलाई संस्थागत विद्यालयहरूमा छात्रवृत्तिमा अध्ययन गर्न अवसर दिँदै आएको छ। यस कार्यले शिक्षामा पहुँच र समानताको सिद्धान्तलाई व्यवहारमा उतार्न मद्दत पुग्ने विश्वास गरिएको छ।

महानगरले परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको र अब मूल्याङ्कन प्रक्रिया यथाशीघ्र अघि बढाइने जानकारी दिएको छ। परीक्षाफल सार्वजनिक भएपछि छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरूले सम्बन्धित विद्यालयमा भर्ना लिन सक्नेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार