मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

मार्केटा भेन्ड्रोसोभाको पहिलोपटक विम्वल्डन फाइनल यात्रा तय

पुरुषतर्फको सेमिफाइनल खेलहरु भने आज खेलिंदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चेक गणतन्त्रकी २४ वर्षीया मार्केटा भेन्ड्रोसोभाले पहिलोपटक विम्वल्डन फाइनलमा आफ्नो यात्रा तय गरेकी छिन् ।

एक घन्टा १४ मिनेटको संघर्षपछि भेन्ड्रोसोभाले युक्रेनकी एलिना स्भिटोलिनालाई सेमिफाइनलमा ६-३ र ६-३ को सोझो सेटमा पराजित गर्दै पहिलोपटक फाइनलमा आफ्नो स्थान पक्का बनाएकी हुन् ।

अब भेन्ड्रोसोभाले विम्वल्डनको फाइनलमा छैटौं बरियताकी वन्स जाभियोरसँग भोलि शनिबार फाइनल प्रतिस्पर्धा गर्नेछिन् । ट्युनिसियन वन्स जाभियोरले गएरातीको खेलमा दोस्रो बरियताको बेलारुसकी आर्याना सावालान्कालाई ७-६, ६-४ र ६-३ ले पराजित गर्दै फाइनल यात्रा तय गरेकी हुन् ।

पुरुषतर्फको सेमिफाइनल खेलहरु भने आज खेलिंदैछ । सेमिफाइनलमा विश्व बरियतामा पहिलो नम्बरमा रहेका अल्काराजले तेस्रो बरियताका मेड्भेदेवसँग प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो बरियताका जोकोभिचले आठौं बरियताका ज्यानिक सिनेरसँग आमनेसामने गर्दैछन् । खेल लण्डनको सेन्टर कोर्टमा नेपाली समय साँझ ६.१५ बजेबाट सुरु हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार