मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

टिपटप हेल्प नेपाल पुरुष भलिबलको फाइनलमा

लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै हेल्प नेपाल फाइल प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सातौं प्रधानमन्त्री एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाल फाइनलमा पुगेको हो ।

लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै हेल्प नेपाल फाइल प्रवेश गरेको छ । उसले आर्मीलाई २९-२७, २१-२५, २५-२२ र चौथो सेट ३९-३७ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको हो ।

पहिलो सेट निकै प्रतिस्पर्धी बन्दा हेल्प नेपालले लगातार २ अंक लिँदै पहिलो सेट जितेको हो । दोस्रो सेटमा आर्मी हेल्प नेपल माथि हाबी भयो । तेस्रो सेट हेल्प नेपालले जित्यो । चौथो सेट अत्यन्त प्रतिस्पर्धात्मक बन्दै ३७ प्वाइन्टको बराबरी सम्म लम्बियो । अन्त्यमा ३९-३७ मा हेल्प नेपल विजयी भयो ।

नेपाल पुलिससँग फाइनल भिडन्त पक्का गरेको टिप टप अपराजित टिम हो । सबै ६ खेल जितेको हेल्प नेपालको १६ अंक रह्यो । हेल्प नेपालसँग हारेको पुलिस १५ अंकसहित यसअघि नै फाइनलमा पुगेको थियो ।

फाइनल खेल भोलि शनिबार ३ बजे हुने छ । यसअघि भोलि १२ बजे महिलातर्फको फाइनलमा पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार