असार २४, २०८२ मंगलबार July 8, 2025

सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई घटबढ भए नभएको आधिकारिक जानकारी नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने भएका छन् ।
नेपालले यसअघिनै शिखरमा सर्भे टोली पठाएको थियो भने चीनिया टोली बुधवार विहान शिखरमा पुगेको छ । दुवै देशको सहमति अनुसा रनै चिनियाँ सर्भे टोली सगरमाथाको उचाइ नाप्न शिखरमा पुगेको हो । चीनतर्फको मोहडाबाट आरोहण गरेको टोलीले चुुचुरोमा पुगेर मापन लिएको चीनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

नेपाल र चीनका राष्ट्रपति तहकै सहमति अनुसार चीनले सर्भे टोली सगरमाथा शिखरमा पठाएको हो । नेपाली सर्भे टोलीले एक वर्षअघिनै सबैभन्दा तल्लो सतह सिराहाको माडारदेखि सगरमाथा शिखरसम्म पुगेर सगरमाथाको उचाइको मापन गरिसकेको छ ।

नेपाल एक्लैले सगरमाथाको उचाई मापन गर्ने भनेर अघि बढेकै बेला गत नोभेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं आएका बेला दुवै देशले आ आफ्नो मोहडाबाट उचाइ नापेर संयुक्त रुपमा सार्वजनिक गर्ने सहमति भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया