असार २८, २०८२ शनिबार July 12, 2025

गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरु एकताबद्ध हुन आवश्यक :‘प्रचण्ड’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, ‘गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरु एकताबद्ध भई जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता हो ।’

उनले गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनहरुमा आफ्नो प्राणको उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै वेपत्ता र घाइतेहरुको त्याग र समर्पणप्रति सम्मान प्रकट गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया