मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

किरण चेम्जोङले पञ्जाब एफसीसँग गरे सम्झौता नवीकरण

अनन्त तामाङपछि इन्डियन सुपर लिगमा खेल्ने उनी दोस्रो नेपाली खेलाडी बन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले भारतीय क्लब पञ्जाब एफसीसँगको सम्झौता नवीकरण गरेका छन् । उनले पञ्जाबसँग एक वर्षको सम्झौता गरेको स्पोर्ट्स-किडाले जनाएको छ ।

पञ्जाब गत सिजन मात्रै इन्डियन सुपर लिग (आईएसएल) मा बढूवा भएको थियो । नयाँ सम्झौतासँगै चेम्जोङ कम्तीमा पनि २०२३-२४ सिजनको अन्त्यसम्म रहनेछन् । ३३ वर्षीय चेम्जोङले गत सिजन पञ्जाबलाई आई-लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले २०२०-२१ आई-लिग सिजनमा गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए ।

पञ्जाबमा दोस्रो सिजन बिताउँदा चेम्जोङले आफ्नो दोस्रो आई-लिग उपाधि र अर्को गोल्डेन ग्लोभ्स अवार्ड जिते । अनन्त तामाङपछि इन्डियन सुपर लिगमा खेल्ने उनी दोस्रो नेपाली खेलाडी बन्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार