काठमाडौँ । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आउँदो शनिबारका लागि बैठक बोलाएको हो ।
सो बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि कांग्रेसले निर्देशान जारी गरेको छ ।
लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा जारी भएपछि सोही अनुसार निसान छाप परिवर्तन गर्नका लागि संविधान संशोन प्रस्ताव दर्ता भएको हो । सो प्रस्ताव बुधबार संसदमा दर्ता गर्ने भनिए पनि अन्तिम समयमा आएर कार्यसूचिबाट हटाइएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया