असार २४, २०८२ मंगलबार July 8, 2025

स्वास्थ्य सचिव कोइरालाकाे सरुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको सरूवा गरेको छ ।

नयाँ स्वास्थ्य सचिवका रूपमा लक्ष्मण अर्याललाई पठाइएको छ भने यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

कोइराला स्वास्थ्य सचिव नियुक्त भएको तीन महिना पुगेको छैन । गत १८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई स्वास्थ्य सचिवमा सरूवा गरेको थियो ।

तर स्वास्थ्यमा आएदेखि विवादमा तानिएका थिए । डाक्टरहरुलाई गाली गरेको भन्दै उनको आलोचना समेत भएको थियो । डाक्टर शेरबहादुर पुनको विवादको योजनकार उनी नै भएको आरोप लागेको थियो ।

स्वास्थ्य मन्त्रालयको कर्मचारीहरुसँग पटक-पटक विवाद भएकाले कोरोना नियन्त्रणमा समन्वय हुन सकेको थिएन ।

अर्याल भने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया