मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

नेपाल बक्सिङ सङ्घको अध्यक्षमा राम अवाले निर्विरोध निर्वाचित

महासचिवमा मानबहादुर भण्डारी तथा सचिवमा पुष्करराज पन्त, कोषाध्यक्षमा गौतम सुखजु चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल बक्सिङ सङ्घको अध्यक्षमा राम अवाले निर्वाचित हुनुभएको छ ।  नेपाल बक्सिङ सङ्घको बुधवार हिजो पोखरामा भएको छैटौँ साधारण सभा अधिवेशनले अवालेलाई दोस्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी र पाँच उपाध्यक्षहरूमा गणेशबहादुर भट्टराई, भोजराज सिटौला, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरीलाई चयन गरेको छ ।

त्यस्तै, महासचिवमा मानबहादुर भण्डारी तथा सचिवमा पुष्करराज पन्त, कोषाध्यक्षमा गौतम सुखजु चयन भएका छन् । सङ्घको सदस्यहरूमा गोविन्द डङ्गोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङ्गतान, रेखा थापा मगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, सञ्जयकुमार पासवान र समर जङ्गबहादुर चन्द चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्य सचिव टङ्कलाल घिसिङले बक्सिङ खेललाई पुरानै अवस्थामा पुर्‍याउनु पर्ने बताउनु भयो । उहाँले  बक्सिङको इतिहास दोहोर्‍याउन निरन्तरताले मात्र नपुग्ने भन्दै खेल विकासमा पहिलेको जस्तै सफलता आवश्यकता रहेको बताउनु भयो

सदस्य सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि बजेटको अभाव हुन नदिने तर आफूलाई परिणाम भने चाहिने बताएका छन् । उनले अहिलेदेखि नै ओलम्पिकको तयारी थाल्न निर्देशन दिनु भयो  । खेल सङ्घहरूले साधारण सभा र अधिवेशन गर्न निर्देशन समेत दिनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार