मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

फिफा महिला विश्वकप : इंग्ल्यान्डले हाइटीलाई १-० ले हरायो

इंग्ल्यान्डको संघर्षपूर्ण जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः उपाधि दाबेदार इंग्ल्यान्डले न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकपमा विजयी सुरुवात गरेको छ ।

शनिबार ब्रिसबनमा भएको खेलमा इंग्ल्यान्डले हाइटीलाई १–० ले हराएको हो । जितसँगै समूह ‘डी’मा इंग्ल्यान्डले तीन अंक जोडेको छ । डेनमार्कले पनि तीन अंक जोड्दा हाइटी र चीन भने अंकविहीन छन् ।

युरोपियन च्याम्पियन इंग्ल्यान्डको जितमा जर्जिया स्टानवेले २९औँ मिनेटमा निर्णायक गोल गरेकी थिइन् । यद्यपि, खेलमा हाइटीले सानदार प्रदर्शन गरेको थियो । उसले इंग्ल्यान्डको आक्रमणलाई कमजोर बनायो । इंग्ल्यान्डले खेल जित्न निकै संघर्ष गर्नुपर्‍यो । भिडियो सहायक रेफ्री (भिएआर)मार्फत इंग्ल्यान्डले पेनाल्टी पाएको थियो ।

हाइटीकी बात्चेबा लोइसले बक्सभित्र हातले बल छोएपछि इंग्ल्यान्डले अग्रता बनाउने अवसर पाएको हो । सन् २०१५ पछि इंग्ल्यान्डले समूह चरणको अपराजित यात्रा ६ खेलसम्म पुर्‍याएको छ । हाइटीले डेब्यु विश्वकप यात्रामा सानदार प्रदर्शन गरेको थियो । केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।

इंग्ल्यान्डकी प्रशिक्षक सरिना विगम्यानले कठिन खेल भएको प्रतिक्रिया दिइन् । ‘यो निकै कठिन खेल थियो । हाइटीले अप्रत्याशित खेल खेल्यो । जसका कारण हामीलाई निकै गाह्रो भयो,’ सरिनाले थपिन्, ‘हामीले धेरै अवसर बनायौँ । तर, त्यसलाई सदुपयोग गर्न सकेनौँ । आगामी खेलमा अझै मिहिनेत गर्नुपर्छ,’ सरिनाले खेलपछि भनिन् । यता, हाइटीकी मिडफिल्डर मेल्ची डुमोर्नायले खेलमा निकै थकित भएको र गर्व गर्न लायक प्रदर्शन भएको बताइन् । ‘खेलमा हामी धेरै थाकेका थियौँ । तर, हामीले साँच्चै गर्व गर्न लायक खेल खेल्यौँ । राम्रो प्रदर्शन गरेका छौँ,’ हारपछि डुमोर्नायले भनिन् ।

डेनमार्कसँग चीन पराजित

डेनमार्कले बलियो मानिएको चीनमाथि १–० को कठिन जित निकाल्दै महिला विश्वकपमा सानदार सुरुवात गरेको छ । अमालिई भांगस्गार्डले खेलको ९० मिनेटमा गोल गर्दै तीन अंक जोडेकी हुन् । बराबरीतर्फ अगाडि बढेको खेलमा भांगस्गार्डले गोल गर्दै जित दिलाएकी हुन् । जितसँगै समूह ‘डी’मा डेनमार्कले तीन अंक जोड्दा चीनले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

अस्ट्रेलियाको पर्थस्थित एचबिएफ रंगशालामा जितपछि डेनमार्ककी भांगस्गार्डले धेरै वर्षको मिहिनेतपछि पहिलो अन्तर्राष्ट्रिय गोल गरेको बताइन् । ‘धेरै वर्षको मिहिनेत र पर्खाइपछि पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी छु । यो मेरा लागि सर्वाेत्कृष्ट समय हो,’ गोलकर्ता भांगस्गार्डले भनिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार