मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

मैत्रीपूर्ण खेलमा आर्सनलमाथि युनाइटेड हाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।

न्यु जर्सीमा रहेको मेटलाइफ स्टेडियममा आयोजित खेलमा युनाइटेड २–० गोलले विजयी बनेको हो । रेकर्ड ८२ हजार २६२ दर्शक सामु खेलिएको खेलमा नवनियुक्त कप्तान ब्रुनो फर्नान्डेजले खेलको ३० औँ मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका थिए । ७ मिनेटपछि जेडन सान्चोले युनाइटेडको अग्रता दोब्बर बनाए ।

Arsenal 0 - 2 Man Utd - Match Report & Highlights

यद्यपि, खेल युनाइटेडका लागि सुखद भने रहेन । फरवार्ड अमाद डियालो मैदान प्रवेश गरेको केही मिनेटमा नै घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए ।

उता, आर्सनलले थुप्रै अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत भने गर्न सकेन । ग्याब्रिएलले अन्तिमतिर गरेको प्रहार बाहिरिएको थियो ।

खेल सकिएपछि दुवै टोलीले पेनाल्टी सुटआउटको अभ्यास पनि गरेका थिए । त्यसमा पनि युनाइटेड ५–३ गोलले विजयी बन्यो । आर्सनलका फाबियो भिएराको प्रहार पोस्ट बाहिर गएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार