असार २४, २०८२ मंगलबार July 8, 2025

देशभर झण्डै १ लाख जनालाई क्वारेन्टिनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना भाइरस संक्रमणको जोखिममा रहेका झण्डै १ लाख जनालाई क्वारेन्टिनमा राखिएका छन् । पछिल्लो समय भारतबाट फर्किनेहरुको संख्या बढेसँगै देशभर क्वारेन्टिनमा बस्नेहरुको संख्या बढेको हो । त्यस्तै देशभरका अस्पतालको आइसोलेसनमा उपचार गर्नेको संख्या पनि बढ्दै गएको छ ।

कोरोना जोखिम क्षेत्रबाट आएका ९९ हजार ३ सय ३६ जना देशका विभिन्न ठाउँको क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै प्रदेश ५ मा ३२ हजार ३ सय ७३ जना, सुदूरपश्चिम प्रदेशमा २५ हजार ७ सय ६५ जना, कर्णाली प्रदेशमा १७ हजार ५ जना क्वारेन्टिनमा छन् ।

त्यस्तै प्रदेश २ मा १६ हजार ६ सय ७८, प्रदेश १ मा २७ सय ४७, बागमती प्रदेशमा १९ सय ५४ र गण्डकी प्रदेशमा २८ सय १४ क्वारेन्टिनमा रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन । हाल एक हजार जना आइसोलेसनमा उपचाररत रहेको उनले बताएका छन् ।

प्रदेश १ मा १२३, प्रदेश २ मा ३८७, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा १८, प्रदेश ५ मा ३ सय ८३, कर्णालीमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ जना आइसोलेसनमा रहेका छन् । हालसम्म २ सय ६ जना डिस्चार्ज भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया