मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

फिफा महिला विश्वकप फुटबल : कोलम्बियासँग जर्मनी पराजित

फिफा महिला विश्वकप फुटबलको उपाधि दाबेदार जर्मनी कोलम्बियासँग पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः फिफा महिला विश्वकप फुटबलको उपाधि दाबेदार जर्मनी कोलम्बियासँग पराजित भएको छ । समूह ‘एच’ अन्तर्गत सिड्नीमा आइतबार भएको खेलमा कोलम्बियाले जर्मनीलाई २–१ गोलले हरायो ।

सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा कोलम्बियालाई जिताउन लिन्डा काइसेडोले ५२औँ र म्यानुएला भानेगासले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो ।

जर्मनीकी एलेसान्द्रा पोपले ८९औँ मिनेटमा पेनाल्टीमार्फत गर्नुभएको गोल सान्त्वना बनेको थियो । लगातार दोस्रो जितसँगै कोलम्बियाले नआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । ६ अङ्क बनाएको कोलम्बिया समूहको शीर्षस्थानमा छ ।

पराजित जर्मनी तीन अङ्कसहित दोस्रो स्थानमा छ । समान तीन अङ्क बनाएको मोरोक्कोको पनि तीन अङ्क छ । आइतबार नै भएको खेलमा मोरोक्कोले दक्षिण कोरियालाई १–० गोलले हराएको थियो । लगातार दुई हार खेपेको दक्षिण कोरियाले अङ्कको खाता खोल्न सकेको छैन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार