असार २४, २०८२ मंगलबार July 8, 2025

लोकन्थलीमा ड्रोन उडाएर कोरोना सम्वन्धी जनचेतना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः भक्तपुरको मध्यपुर थिमी- १ मा ड्रोनले उडाएर कोरोना सम्बन्धी जनचेताना फैलाएको छ ।

कोरोनाको महामारी फैलिरहेको बेला मध्यपुरको लोकन्थलीमा यस वाट बच्ने उपाय, घर भाडा बस्नेहरुको विवरण वडा कार्यलयमा बुझाउन, अतिआवश्यक पसल विहान ९ वजेसम्म मात्र खोल्न र सामाजिक दुरी कायम गर्न अनुरोध सहितको अडियो रिकर्ड राखेर जनचेतना फैलाईएको मध्यपुर थिमी १ का वडाध्यक्ष सुरज खड्काले जानकारी दिए ।

लकडाउनको समयमा पनि अतिआवश्यक बाहेका पसलहरु खुल्ला गरिएको , विनाकमा पनि मानिसहरु बाहिर निस्कने गरेपछि ड्रोन मार्फत जनचेतना फैलाएको उनले बताए । ड्रोन उडाउन ललितपुरको कुपन्डोल स्थित पोकुरा ईनोभेसन प्रालीका गोकर्ण जङ थापाको नेतृत्वको टोलीले आज र भोली भोलिन्टिएर गरेको छ ।

उक्त टोलीका ईन्जिनियरहरु राम खनाल, शुशिल खड्का र साजन अमात्यले आज र भोली दैनिक ४ घण्टा ड्रोन उडाएर जनचेतना फैलाउन सहयोग गर्ने वडाध्यक्ष खड्काले जानकारी दिए ।

यसरी ड्रोन मार्फत जनचेतना फैलाउदाँ घरघरमा पनि गइरहन नपर्ने र सुरक्षित पनि हुने उनको भनाई थियो । दुई दिन ड्रोन उडाउन तीन लाख रुपैयाँ खर्च लाग्ने र यो सवै पोकुरा ईनोभेसनले नै व्यहोर्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया