श्रावण १७, २०८३ आइतबार August 2, 2026

भक्तपुरमा कोभिड अस्पताल सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर । भक्तपुर अस्पतालमा निर्माण भएको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालन हुने भएको छ।

कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित बिरामीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागमार्फत भक्तपुर अस्पतालमा निर्माण गरिएको नयाँ भवनमा सो अस्पताल सञ्चालनमा आउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिएका छन।

अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)को सहयोगमा निर्माण भएको सो भवन मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागले संयुक्त रुपमा शुक्रबार अस्पताललाई हस्तान्तरण गरेको छ। एक करोड ८९ लाख १२ हजार ३१० रुपैयाँको लागतमा निर्माण भएको सो भवनमा कोभिड अस्पताल छिट्टै सञ्चालन हुने अध्यक्ष सुवालले बताएका छन।

शुरुमा अस्पतालको पुरानो भवनलाई रेक्टोफिटिङ गरी भूकम्प प्रतिरोधी बनाउने र यहाँ रहेका फर्निचर, स्वास्थ्य सामग्री, श्यया, बिरामी अन्यत्र सार्नुपर्ने भएकाले अस्पताल परिसरभित्र एक अस्थायी संरचना निर्माण गर्न शुरु गरिएको अवस्थामा कोभिडको प्रकोप शुरु भएसँगै यसैलाई कोभिड उपचार गर्नेगरी भवन तयार पारिएको हो।

रेक्टोफिटिङ गर्ने उक्त आयोजना अन्तर्गत भवन खाली गरी फर्निचर, स्वास्थ्य सामग्री, श्यया, बिरामी राख्नका लागि अस्थायी संरचना निर्माण गर्ने क्रममा कोरोनाको प्रकोप आएपछि सरकारले भक्तपुर अस्पताललाई कोभिड उचार केन्द्र घोषणा गरेपछि यो भवनलाई कोभिड उपचार भवनका रुपमा प्रयोग गर्ने गरी निर्माण भएको हो।

अस्पतालको मेडिकल सुपरिटेन्डन्ट डा सुमित्रा गौतमले ४८४ वर्गमिटरमा फैलिएको यो भवनमा ६ श्ययाको आइसीयू, ६ श्ययाको एनआइसीयू, २० श्ययाको वार्ड, दुई आइसोलेसन वार्ड, शौचालय, मेडिकल स्टोरलगायत उपचारका अन्य कार्य सञ्चालनमा हुने जानकारी दिइन्।

निर्माणसम्पन्न भएको भवनमा तत्कालै फर्निचर, श्यया लगायत आवश्यक सामग्रीको व्यवस्थापन गरी अबको केही दिनमै यो भवनमा बिरामी राख्ने गरी सञ्चालनमा ल्याउने उनको भनाइ छ।

उनले भनिन्, ‘कोभिड भवन निर्माण सम्पन्न भएको छ, भवनका लागि आवश्यक श्यया, ओछ्याउन म्याट, फर्निचरलगायतका सामग्रीको जोहो गरी बिरामीका लागि आवश्यक सामान राख्दैछौँ, स्वास्थ्य मन्त्रालयले चिकित्सिकको टोली पठाउने भएको छ, अब तत्काल यहीबाट कोभिडको उपचार शुरु गर्छौँ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासङ्ग्रह लोकार्पण
२०८३ श्रावण १७, आइतबार
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी
२०८३ श्रावण १७, आइतबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण १७, आइतबार
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार