मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

ग्लोबल टी–२० छैटौँ खेलमा वुल्भ्सको सामना गर्दै सन्दीपआवद्ध जग्वार्स

भोलि बिहान १ः४५ बजे सुरु हुने खेलमा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीआवद्ध मोन्ट्रियल टाइगर्सले भ्यानकुभर नाइट्सको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः ग्लोबल टी–२० क्यानडामा आज नेपाली स्पिनर सन्दीप लामिछानेसम्मिलित सर्रे जग्वार्सले छैटौँ खेल खेल्दैछ । जग्वार्सले आफ्नो छैटौँ खेलमा ब्राम्पटन वुल्भ्सको सामना गर्न लागेको हो ।

यी दुई टोलीबीचको खेल राति ८ः४५ बजेदेखि ब्राम्पटनमा सुरु हुनेछ । ​सन्दीपआवद्ध जग्वार्स तेस्रो जितको खोजीमा छ । तेस्रो स्थानमा रहेको जग्वार्सले ५ खेलमा २ मा जित, एकमा हार तथा दुई खेलमा अंक बाँडेको छ ।

पहिलो खेलमा ऊ मोन्ट्रियल टाइगर्ससँग ५ विकेटले पराजित भएको थियो । यस्तै, सोमबार बिहान भएको दोस्रो खेल वर्षाका कारण रद्द भयो । तेस्रो खेलमा जग्वार्सले टोरन्टो नेशनललाई २० रनले हराएको थियो ।

चौथो खेलमा मिसिसौगा प्यानथर्सलाई ५५ रनले हराएको जग्वार्सले पाँचौं खेलमा भने वर्षा बाधक बनेपछि अंक बाँड्यो । यस्तै, दोस्रो स्थानमा रहेको वुल्भ्सले ६ खेल खेल्दा ३ मा जित, एकमा हार तथा दुई खेलमा अंक बाँडेको छ । सन्दीपआवद्ध जग्वार्समा सन्दीपसहित लिटन दास, एलेक्स हेल्स, मोहम्मद हरिस, बेन कटिङ, इफ्तिखार अहमदलगायत नाम चलेका खेलाडी छन् ।

यस्तै, वुल्भ्समा हरभजन सिंह, टिम साउथी, कोलिन डी ग्रान्डहोम, क्रिस ग्रीन, मार्क चेपम्यानलगायत स्टार छन् । जारी सिजनमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ३ खेलमा बलिङको मौका पाएका उनले ७ विकेट लिइसकेका छन् । सन्दीपले दुई खेलमा भने वर्षा बाधक बनेपछि बलिङको अवसर पाएनन् ।

यस्तै, भोलि बिहान १ः४५ बजे सुरु हुने खेलमा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीआवद्ध मोन्ट्रियल टाइगर्सले भ्यानकुभर नाइट्सको सामना गर्नेछ । ६ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइल ६ अगस्टमा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार