असार २४, २०८२ मंगलबार July 8, 2025

त्रिदेशीय महाबु सडक स्तरोन्नतिमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने त्रिदेशीय महत्वको सडकलाई जिल्लामा प्राथमिकता दिइएको बताएका छन् ।

नेपालगञ्ज, सुर्खेत, दैलेखबजार, महाबुलेक, गाल्जे, भात्तडी, रत्तडा, नाग्म, गमगढी र नाग्चेनाग्लासम्मको सो सडक स्तरोन्नति कालोपत्रका लागि रु १८ करोड २१ लाख केन्द्र सरकारले विनियोजन गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दैलेखका अध्यक्ष शर्माले राससलाई जानकारी दिए ।

उल्लेख्य बजेट विनियोजन गर्ने तयारी हुँदाहुँदै पनि कोरोना सङ्क्रमणले मुलुक समस्यामा परेकाले चाहेजतिको बजेट विनियोजन गर्न नसकिएको पनि स्वास्थ्य र कृषिमा केही बजेट विनियोजन भएको शर्माको भनाइ छ । बाँकी कार्यकालभित्र जसरी पनि सडक कालोपत्र गरिसक्ने सांसद शर्माले दृढता व्यक्त गरे । उनले यस वर्ष मध्यपहाडी राजमार्गको दैलेख खण्डका बाँकी सबै सडक कालोपत्र हुने गरी सरकारले बजेट विनियोजन गरेको जानकारी दिए ।

गत वर्ष विनियोजन गरिएको बजेट दैलेखका लागि नआएपछि सांसद शर्माले आफ्नो क्षेत्र विकास कोषको छ करोड सबै महाबु सडक कालोपत्रका लागि विनियोजन गरेका छन् जसको ठेक्का स्वीकृति भई अहिले काम शुरु भइसकेको छ । काँडाचौरबाट कालोपत्रको काम शुरु गर्न नारायण नगरपालिकाअन्तर्गत तीन खण्डमा ठेक्का लिएको निर्माण कम्पनीले अहिले काम सञ्चालन गरिसकेको छ । सांसद शर्माले भने, “सदरमुकामको भविष्य निर्धारण गर्ने रणनीतिक महत्वको सडकको अबको दुई वर्षभित्र जसरी भए पनि महाबुलेकसम्म कालोपत्र हुन्छ ।

यो कार्य मेरो कार्यकालभित्रै सक्नेगरी काम गरेको छु ।” यसैबीच कोभिड–१९ को सङ्क्रमण दर बढ्दै गएको पछिल्लो अवस्थालाई ध्यानमा राखी सङ्घ र प्रदेशका सांसदले दैलेखमा पिसिआर मेशिन जडान गर्न पहल शुरु गरेका छन् ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया