मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो टोली भारत प्रस्थान

दाङ, बाँके र कर्णाली प्रदेश सुर्खेतका ११ जना खेलाडीसहित १४ जनाको टोली जमुनाह नाका भएर भारत गए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भारतको हैदराबादमा सञ्चालन हुने सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ११ जना खेलाडीसहित १४ सदस्यीय टोली नेपालगन्जबाट भारत प्रस्थान गरेको छ ।

नेपाल आइटीएफ तेक्वान्दो महासंघका केन्द्रीय सदस्य विरेन्द्र शाहीले अगस्त ४ देखि ६ तारिखसम्म भारतको हैदराबादमा हुने सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन दाङ, बाँके र कर्णाली प्रदेश सुर्खेतका ११ जना खेलाडीसहित १४ जनाको टोली जमुनाह नाका भएर भारत गएको बताउनुभयो ।

उहाँले सो टोलीमा बाँकेका ६, दाङका ४ र सुर्खेतका एक गरेर ११ जना खेलाडि, एक जना कोच, एक जना रेफ्री र एक जना टिम म्यानेजर रहेको बताउनुभयो । सो प्रतियोगितामा नेपालबाट ६४ जना खेलािडको सहभागिता रहने जनाउँदै नेपाल आइटीएफ तेक्वान्दो महासङ्घका केन्द्रीय सदस्य शाहीले अरु खेलाडी काठमाडौं, विराटनगरलगायत स्थानबाट भारत गएको बताउनुभयो ।

टोलीलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र थापालगायत जिल्ला खेलकुद विकास समितिका पदाधिकारी र नेपाल आइटीएफ तेक्वान्दो महासंघका सदस्यले बिदाइ गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार